You are viewing the translated version of बीमा सर्भेयरको इजाजत.

Section 45
बीमा सर्भेयरको इजाजत
(१) नियम ४६ बमोजिम योग्यता पुगेको इच्छुक व्यक्तिले आफ्नो विशेषज्ञतासँग सम्बन्धित बीमाको देहायका प्रकारमध्ये कुनै एक प्रकार (पोर्टफोलियो) को/बीमा सर्भेयरको रूपमा कार्य गर्न पाउनेछ:-

(क) घर, सम्पत्ति, व्यवसाय तथा इञ्चिनियरिङ्ग बीमा,

(ख) मोटर बीमा,

(ग) परिवहन बीमा,

(घ) हवाई बीमा,

(ङ) विविध निर्जीवन बीमा।

(२) उपनियम (१) बमोजिम बीमा सर्भेयरको- रूपमा कार्य गर्न बीमा सर्भे इजाजतपत्रको लागि देहायका कागजातको प्रतिलिपि संलग्न गरी प्राधिकरणमा अनुसूची-६ को ढाँचामा निवेदन दिनु पर्नेछ:-

(क) नेपाली नागरिकताको प्रमाणपत्र,

(ख) शैक्षिक योग्यता खुल्ने कागजात,

(ग) नियम ४६३ बमोजिमको परीक्षा उत्तीर्ण गरेको प्रमाणपत्र,

(घ) संस्थागत सर्भेयरको हकमा देहायका क्रागजात पेस गर्नु पर्नेः-

(१) कम्पनी दर्ता प्रमाणपत्रको प्रतिलिपि,

(२) बीमा सर्भेयर भई कार्य गर्ने उद्देश्य उल्लेख भएको प्रबन्धपत्र र नियमावलीको प्रतिलिपि,

(३) पछिल्लो आर्थिक वर्षसम्मको कर चुक्ता भएको प्रमाण,

(४) प्रचलित कानून बमोजिम

कालोसूचीमा नरहेको प्रमाण,

(५) सर्भे गर्ने इजाजतपत्र लिन चाहेको बीमाको विषयसँग सम्बन्धित सर्भेयर सो संस्थामा कार्यरत रहेको प्रमाण ।

(३) उपनियम (२) बमोजिम प्राप्त निवेदन. उपर जाँचबुझ गर्दा निजलाई बीमा सर्भेयरको इजाजतपत्र दिन उपयुक्त देखिएमा अनुसूची-७ बमोजिमको शुल्क लिई अनुसूची-११ बमोजिमको ढाँचामा इजाजतपत्र प्रदान गरिनेछ ।

(४) यस नियममा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि प्राधिकरणले कृषि, पशुपन्छी, जडीबुटी, स्वास्थ्य बीमा, लघुबीमा तथा प्राधिकरणले निर्धारण गरेको अन्य कुनै विशेष प्रकृतिको बीमाको लागि क्षति मूल्याङ्कनकर्ताको व्यवस्था गर्न सक्नेछ।